राक्सिराङ गाउँपालिका वडा नं ९ मा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष मल्लले आफू गाविसको अध्यक्ष हुँदादेखिकै खैराङमा अस्पताल बनाउने सपना पूरा हुँदै गएको जानकारी दिनुभयो ।
गाउँपालिकाले हालसम्म भौतिक विकासका कामलाई मात्रै प्राथमिकताका साथ बजेट विनियोजन गरेको स्विकार्नुहुँदै आगामी दिनमा कला, साहित्य र संस्कृति प्रवर्धनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।