स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उत्पादित कृषि सामग्रीको उचित मुल्य प्राप्तीका लागि हाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । गत वर्षदेखी गाउँपालिकाले हाट बजार सञ्चालन गरेको हो ।
भेलाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थिङले सामुदायिक वन समुहह? ब्यवस्थित र समाजप्रति उत्तरदायी बन्दै गएको बताउनुभयो । विगतमा काठ संकलन र बिक्रिका लागि मात्र सामुदायिक वन सक्रिय हुने गरेको स्मरण गर्दै उहाँले जैविक विविधता संरक्षण र समाजिक बिकासमा भुमिका खेल्न थालेको बताउनुभयो ।
गाउँघरमा महिलाहरुले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यवसायिक सीपको रुपमा विकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताउनुभयो ।