उदघाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए ।
पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ ।