Home मकवानपुर

मकवानपुर

मनहरी गाउँपालिका वडा नं ७ स्थित मनहरी बजारमा सामुदायिक पुस्तकालय स्थापना गरिएको छ ।
हात्तीले कन्ट्रोल रुपमा रहेको इन्भर्टर, व्याट्री सहित घरै भत्काइदिएको चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको लोथर उपभोक्ता समितिका सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।
उहाँहरु आफै हस्ताक्षर गरेर गाउँसभामा ताली बजाएर बजेट पास गर्ने । अनि अरु अरु कुरा गर्दै हिँड्ने ? उहाँहरुले हस्ताक्षर गर्नु भएको छ, गाउँसभाको फोटो, भिडियो सबै छ । उहाँहरुले यो कुरा बुझ्नुपथ्र्यो कि, यो हाम्रो कार्यकालको अन्तिम बर्ष पनि हो, त्यसैले सबैले देखिने काम गरौँ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको आयोजनमा मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
मनहरी गाउँपालिका वडा नं ७, ८ र ९ नं वडाका महिला उपभोक्ता सदस्यको जीविकोपार्जनलाई सहज बनाउन बाख्रा बितरण गरिएको महासंघले जनाएको छ । प्रतिपरिवार एउटा माउ र अन्य २ वटा पाठीहरु बितरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।
‘सिडिओ र जिसस प्रमुख नै आएर अनुगमन गर्नु भएको थियो, तर खन्न अनुमति दिनु भएन’, मल्लले दुखेसो पोख्नु भयो । यदि ढिस्को र ग्राभेल खनेर खोलाको बहावलाई दाँयातर्फ मोड्न सकिएको भए घुमाउने भीरमा बाटोको कटान हुँदैनथ्यो भने परेवाभीर खण्डको निर्माणाधीन संरचना पनि बगाउने थिएन भन्नुहुन्छ अध्यक्ष मल्ल ।
सानुकान्छी स्याङ्तान सामान्य गृहिणीबाट समाज रुपान्तरण अभियानमा लाग्नु भएकी एक साससी महिला हुनुहुन्थ्यो । प्रौढ कक्षा पढेर अक्षर चिनेसँगै महिला अधिकारको क्षेत्रमा उहाँले आफ्नो जीवन समर्पण गर्नुभयो ।
कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ४५ करोड ९६ लाख ८ सय ४३ हजार रुपियाँको बजेट निर्माण गर्नका लागि नीतिगत प्रक्रिया पूरा गरेको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित १० औँ गाउँसभामा उपाध्यक्ष निर्मला हिमडुङको तर्फबाट प्रस्तुत नीति कार्यक्रम तथा अनुमानित आयव्ययसहितको बजेट पारित गरिएको हो ।
प्रस्तुत बिधेयकहरु र प्रस्तावित बजेटबारे दफावार छलफल हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । नवौँ गाउँसभा मनहरी ९ रजैयास्थित अग्निहोत्राश्रमको सभा हलमा आयोजना गरिएको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट