कार्यक्रममा मानव बेचबिखनको बदलिँदो परिभाषा, नेपालको अबस्था र ग्रामीण भेगहरुमा मानव बेचबिखनका रुपहरुका बारेमा नारी सीप सृजना केन्द्रका तर्फबाट परियोजनाका कार्यक्रम संयोजक ज्योति बम्जनले सहजीकरण गर्नु भएको थियो ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत तत्कालीन सभासद राजाराम स्याङ्तानको सिफारिसमा निर्माण सुरु भएको मानेडाँडा–रमौली सडक खण्ड यतिखेर पूर्ण रुपमा स्ल्याब ढलान भइसकेको छ भने छोटो दूरीको पुल समेत निर्माण भइसकेको छ ।
हात्तीले कन्ट्रोल रुपमा रहेको इन्भर्टर, व्याट्री सहित घरै भत्काइदिएको चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको लोथर उपभोक्ता समितिका सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।
टाउको फुटेर गम्भीर घाइते हुनु भएका कृष्णलाई तत्कालै चुरेहिल अस्पताल पठाइयो । तर, चुरेहिलले पनि रिफर गरेर चितवनको पुरानो मेडिकल कलेज पठायो । लगातार १५ दिनसम्म आइसीयु कक्षमा राखे कृष्णको उपचार भयो ।
उत्पादित बिरुवाहरु सबै रोप्नका लागि तयारी अबस्थामा छन्’, हुमागाईले भन्नुभयो–‘माग अनुसार सामुदायिक वन र उपभोक्ता सदस्यहरुलाई बिरुवा प्रदान गरिनेछ ।’
निषेधाज्ञाका कारण दैनिक काम काज ठप्प भएपछि दैनिक खान समेत धौधौ भएको खबर प्राप्त भएपछि राहत सामग्री प्रदान गरिएको कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताउनुभयो ।
मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियामार्फत उनीहरुले पठाएको आर्थिक सहयोगबाट मञ्चले मकवानपुरका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
आगामी नीति तथा कार्यक्रममा कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई राहत सहयोग, रोजगार गुमाएकाहरुको स्वरोजगारीका लागि अनुदान, सहुलियतपूर्ण ऋण लगानीको व्यवस्था गर्न समूहले आग्रह गरेको छ ।
बिष्णुकुण्डको वरिपरि चियाका बिरुवा रोप्नका लागि अहिले धमाधम खाल्डो खन्ने काम भइरहेको कैलाश गाउँपालका २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।
लिसा हिमालया इभी जर्मनीको सहयोगमा दिगो विकासका लागि एकता नेपालले शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम–२ अन्तर्गत २४४ घरपरिवारलाई खाद्य सामग्री बितरण गरेको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट