Thursday, June 12, 2025

शसक्तिकरण समाज नेपालद्वारा संस्थागत क्षमता तालिम प्रदान

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नं ७ मा रहेको शसक्तिकरण समाज नेपाल नामक गैरसरकारी संस्थाले आफ्ना संस्थाका कार्यसमिति, सल्लाहकार तथा कर्मचारीहरुलाई लक्षित गरी संस्थागत क्षमता तालिम सम्पन्न गरेको छ ।

शसक्तिकरण समाज नेपाल र ओपन ह्यान्ड नेपालको समन्वयमा जेठ १ र २ गते मनहरीस्थित निलम होटलको सभा हलमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा संस्थाको संरचना, संस्थाका उद्देश्यहरु, संस्था स्थापनाका कारण, काम, कर्तब्य र अधिकार लगायतका बिषयहरुमा छलफल र अन्तरक्रिया भएको थियो । दुई दिने तालिममा यादव हुमागाई र शिवकुमार रिजाल (काशी) ले सहजीकरण गर्नु भएको थियो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै शसक्तिकरण समाज नेपालका राष्ट्रिय निर्देशक कुमार सिं प्रजाले आम बिपन्न समुदायका मानिसहरुको आर्थिक, सामाजिक रुपान्तरणका लागि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

उहाँले मनहरी गाउँपालिका वडा नं ७ मा केन्द्रीय कार्यालय स्थापना गरी २०८१ सालमा दर्ता भएको संस्थाले देशका अन्य स्थानहरुमा पनि काम गरिरहेका ेजानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष एकराज प्रजाले आगामी दिनमा संस्थालाई बलियो बनाएर गरिव, बिपन्न समुदायमा केन्द्रित रही काम गर्न संस्थाले पाइला चालेको बताउनुभयो । संस्थाका सल्लाहकार रविन्द्र चेपाङले सञ्चालन गर्नु भएको तालिमको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

लोकप्रिय

Related Articles