मनहरी–बैशाख २९ गते । मनहरी गाउँपालिका ८ स्थित टासी फुन्चोक छोयलिङ गुम्बा परिसरमा निर्माणा भइरहेको ६५ फिट अग्लो बुद्धमुर्तिमा सुङ (मन्त्र) हालिएको छ ।
२५६९ औँ बुद्धजयन्ती बुद्ध जयन्तीको अबसर पारेर बौद्ध धर्मावलम्बीहरुले धर्मगुरुहरुको उपस्थितिमा बुद्धको मुर्तिमा सुङ हालेका हुन् ।
मानबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मनकामना सामुदायिक वनका अध्यक्ष सुरेश मुक्तान, नेपाली काँग्रेस सभापति प्रकाश बर्ताैला, मनहरी गाउँपालिका ८ नं वडाध्यक्ष नारायण उप्रेती, उपाध्यक्ष सीता पुलामी मगर, निवर्तमान गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मन्तब्य ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले जतिसक्दो छिटो बुद्धमुर्ति स्थापनाको कामलाई सक्ने गरी काम अघि बढाउने प्रयत्न भइरहेको बताउनुभयो ।
कार्यक्रमअघि मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा भेला भई बौद्ध धर्मावलम्बीहरु, विभिन्न संघसंस्थाहरु, विद्यालयका विद्यार्थीहरु समेत सहभागी भएर मनहरी ८ स्थित टासी फुन्चोक छोयलिङ गुम्बासम्म शान्ति ¥याली आयोजना भएको थियो ।




