Tuesday, January 14, 2025

नेपाल सरकारका उपप्रधानमन्त्री सिंह मनहरी आउनुहुँदै

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ५ गते । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशनमान सिंह मनहरी गाउँपालिका आउने हुनु भएको छ ।

मनहरी गाउँपालिकाको नयाँ बन्न लागेको भवनको शिलान्यास तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको सम्पर्क कार्यालय उद्घाटनका लागि उपप्रधानमन्त्री सिंह पुस ६ गतेका दिन मनहरी आउन लाग्नु भएको हो ।

मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारमा स्थापना भएको सांसद बानियाँको सम्पर्क कार्यालय उद्घाटन दिउँसो १२ः३० बजे उपप्रधान तथा सहकारी विकास मन्त्री सिंहबाट हुने कार्यक्रम तय भएको नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले जानकारी दिनुभयो ।

त्यसैगरी मनहरी गाउँपालिकाको मनहरी गाउँपालिका ९ रजैयामा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलान्यास कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री सिंह सहभागी हुने कार्यक्रम छ ।

दिउँसो २ बजे शिलान्यास कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, संघीय सांसदहरु तथा जनप्रतिनिधि र सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

अघिल्लो सरकारकै पालादेखि निर्माणको हल्ला चलाइएको मनहरी गाउँपालिकाको प्रशासनिक भवन स्थानीय सरकारको दोस्रो कार्यकालमा बन्न लागेको हो ।

संघीयता कार्यान्वयनका क्रममा साबिक हाँडीखोला गाविस र मनहरी गाविस मिलेर बनेको मनहरी गाउँपालिकाको केन्द्र मनहरी गाउँपालिका ९ रजैयामा राख्ने सर्वदलीय सहमति भएको थियो ।

सोही बमोजिम मनहरी गाउँपालिकाको पहिलो गाउँसभाले मनहरी गाउँपालिका ९ मा प्रशासनिक केन्द्र तोकेको थियो ।

लोकप्रिय

Related Articles