मनहरी–असोज ३ गते । नेपालको संविधान २०७२ जारी भएको ९ औं बर्षको अबसरमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मनहरी ७ स्थित रोटरी मार्केटमा दीप प्रज्वलन गरेको छ ।
राष्ट्रिय युवा संघ मनहरी गाउँ कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनपछि शुभकामना मन्तब्य व्यक्त गर्दै नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेतीले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य लक्ष्मण उप्रेतीले समयानुकुल संविधान संशोधन गरेर अघि बढ्दै जानुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष प्रकाश स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एबम् मनहरी इन्चार्ज हेमलाल उप्रेती, सह इन्चार्ज बीरेन्द्र डिसी, गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदीसहित युवा संघका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति थियो ।