Monday, March 17, 2025

इन्द्रकमललाई ४ गोल ठोकेपछि मनहरी हासु एफसी सेमिफाइनलमा

ताजा / भरखरै प्राप्त

मनहरी–असार २७ गते । मनहरी गाउँपालिका ८ बेलुवास्थित खेलमैदानमा जारी प्रथम मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा हासु मनहरी एफसीले चितवनको खैरहनी नगरपालिकास्थित इन्द्रकमल युथ क्लवलाई ४–० को गोलान्तरले पराजित गरेको छ ।

यो जीतसँगै हासु एफसी मनहरीले सेमिफाइनलको यात्रा तय गरेको छ । विहिबार भएको भएको रोमान्चक खेलको दोस्रो हाफसम्म शून्य–शून्य गोल अबस्था रहेको हासु एफएसी र इन्द्रकमलबीचको स्पर्धामा हासु एफसीले गोल बर्साउन थालेपछि लगातार इन्द्रकमललाई दबाबमै राख्यो ।

पहिलो हाफमा हासु एफसीलाई दबाबमा राख्न खोजेको इन्द्रकमल दोस्रो हाफमा निरीह देखियो । अझ हासु एफसीले गरेका ५ भन्दा बढी गल्तीलाई उपयोग गर्न सकेको भए गोलको अन्तर अझै फराकिलो हुने निश्चित थियो ।

हासु एफसी मनहरीका तर्फबाट २ नं जर्सीका मोहित गुरुङले गोल यात्रा सुरु गरेका थिए । त्यसपछि २० नं जर्सीका अभि लामा र १९ नं जर्सीका जीत मगरले गोल गरेर इन्द्रकमललाई हतोत्साहित पारेको थियो ।

सोही क्रममा खेलको अन्ततिर पुनः मोहित गुरुङले अर्काे गोल थपेर ४–० गोलान्तरले हासु मनहरी एफसी जीतको यात्रा तय गर्न सफल बनाउनु भएको थियो ।

खेलमा म्यान अफ दि म्याच मनहरी हासु एफसीका तर्फबाट २ गोल योगदानकर्ता मोहित गुरुङ घोषित भएका थिए ।

शुक्रबार हुने पहिलो सेमिफाइनल खेल कैलाश गाउँपालिका र आयोजक सिम्पानी युथ क्लवबीच हुने प्रतियोगिता संयोजक प्रकाश तामाङले जानकारी दिनुभयो ।

असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिमपानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।

लोकप्रिय

Related Articles