मनहरी–असार २६ गते । मनहरी गाउँपालिका ८ बेलुवास्थित खेलमैदानमा जारी प्रथम मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गणलाई पराजित गर्दै कैलाश गाउँपालिकाको टिमले बिजय हासिल गरेको छ ।
यो जीतसँगै कैलाशले सेमिफाइनलको यात्रा तय गरेको छ । बुधवार सञ्चालन भएको रोमान्चक खेलमा सुरुमै कैलाश गाउँपालिकाले गोल गोल गरेको थियो ।
कैलाशका तर्फबाट २९ नं जर्सीका विजय दोङले गरेको पहिलो गोलको खुसी धेरैबेर टिकेन । प्रहरकिा तर्फबाट २ मिनेट बित्न नपाउँदै गोल फिर्ता गरेपछि कैलाशले थप तनाव ब्यहोर्नुप¥यो ।
कैलाशले गोल गरेको २ मिनेट नपुग्दै प्रहरीका तर्फबाट जर्सी नं ७७ का बिशाल थिङले गोल फर्काएपछि खेल थप रोमान्चक बन्यो ।
पहिलो हाफमा १–१ गोलको बराबरी यात्रा तय गरेको दुबै टिमको उत्तिकै प्रतिस्पर्धात्मक खेलले दर्शकलाई उत्तेजित पारेको थियो भने रोमान्चकता पनि प्रदान गरेको थियो ।
दोस्रो हाफमा कैलाश गाउँपालिकाका २१ नं जर्सीका अभिषेक लामाले गरेको गोल नै निर्णायक बन्यो । त्यही गोलले कैलाशलाई सेमिफाइनलको यात्रामा अघि बढायो ।
खेलमा म्यान अफ दि म्याच कैलाशकै बिजय दोङ घोषित भए । अब कैलाशले सेमिफाइनलमा आयोजक सिम्पानी युथ क्लवको सामना गर्नुपर्नेछ ।
बिहिबार हासु एफसी मनहरी र इन्द्रकमल युथ क्लव खैरहनी चितवनबीच खेल हुने आयोजक सिम्पानी युथ क्लवका राजेन्द्र मुक्तानले जानकारी दिनुभयो ।
असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिमपानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।