Friday, September 13, 2024

बाल अधिकार समिति बैठकः विद्यार्थी लक्षित सचेतनामुलक कार्यक्रम गरिने

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ६ गते । बाल अधिकार समिति मनहरीको बैठक समितिकी संयोजक एबम् मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा बसेको छ ।

बैठकले मनहरी गाउँपालिकाको बालबालिकाको अबस्थाको बिश्लेषण गर्दै प्रदेश सरकार स्थानीय सरकारबाट बिनियोजित रकम कार्यान्वयन गरी विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

विद्यालयका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगबाट हुनसक्ने नकारात्मक पक्षहरुका बारेमा र लागूऔषधका असरहरुका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले बताउनुभयो ।

त्यसैगरी बाल विवाह न्यूनिकरण लगायतका बिषयहरुमा माध्यमिक तहका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, वडा बाल सञ्जालको मातहतमा रहने गरी खेलकुद सामग्रीहरु खरिद गर्ने लगायतका कार्यहरुलाई पनि अघि बढाउने बैठकले निर्णय गरेको छ । बैठकले बालश्रमको अबस्था न्यूनिकरणका लागि नियमित अनुगमन कार्यलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै संयोजक एबम् गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले बालबालिकाको अबस्था सुधार गर्दै बालमैत्री गाउँपालिकाको अवधारणालाई अझै कार्यान्वयन गर्नका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ३ नं वडाध्यक्ष एबम् सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्याल, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, सिविन नेपालका झविन्द्र ज्ञवाली, नेपाल प्रहरीका प्रतिनिधि, गाउँपालिका स्तरीय वडा बाल सञ्जाल, सञ्चारकर्मीसहित समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles