Wednesday, May 22, 2024

शोकमा मनहरी ७ नं वडाः वडाध्यक्षलाई पितृशोक, कार्यपालिका सदस्यलाई पुत्रशोक

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ५ गते । मनहरी गाउँपालिका वडा नं ७ का दुई जना जनप्रतिनिधि यतिखेर शोकमा पर्नु भएको छ । ७ नं वडाध्यक्ष ठाकुरराम तितुङका बुवा ज्ञानबहादुर तितुङको मंसीर ४ गते निधन भएको हो । ८२ बर्षका उहाँका बुवा लामो समयदेखि दम लगायत रोगहरुबाट ग्रसित हुनुहुन्थ्यो ।

पटक पटक अस्पतालमा भर्ना हुँदै उपचार गराउँदै आइरहनु भएका ज्ञानबहादुरको मनहरी ७ रमन्टारस्थित घरैमा निधन भएको हो । उहाँको पार्थिव शरिको बिहिबार बिहान अन्त्येष्टि गरिएको छ । अन्तयेष्टिमा नेपाली काँग्रेसका विभिन्न तह र तप्काका नेता, कार्यकर्तासहित विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो ।

अन्त्येष्टि अघि पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी मनहरी गाउँपालिका ७ बोटेबस्तीमा घर भएका कार्यपालिका सदस्य कान्छीमाया बोट पुत्र शोकमा पर्नु भएको छ । उहाँका ३० बर्षका छोरा हेमबहादुर बोटको भारतमा निधन भएको हो । मासु प्याकिङ लगायत काममा गाउँबाट गएका ७ जनामध्ये हेमबहादुरको ६ एकसाताअघि निधन भएको हो ।

पाँच दिनअघि हेमबहादुरको पार्थिव शरीरलाई पाँच दिनअघि मनहरी ल्याएर सद्गत गरिएको वडा सदस्य कमल बस्नेतले जानकारी दिनुभयो । कान्छीमायाकी २ छोरामध्ये हेमबहादुर जेठा छोरा हुन् । हेमबहादुरका १ छोरा, १ छोरी र श्रीमती छन् ।

लोकप्रिय

Related Articles