Saturday, September 14, 2024

नमुना शिक्षा सदनको अभिभावक भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

मनहरी– भदौ २० गते । मनहरी ५ बसन्तपुर स्थित नमुना शिक्षा सदनले बुधबार बार्षिक अभिभावक भेला गरेको छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयले शैक्षिक सत्र २०७९ मा प्रथप द्वितीय र तृतिय भएकाहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल ओम कुमार आले मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुर जिल्ला अध्यक्ष बिनोद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्याव्सन मनहरीका अध्यक्ष तथा युनिभर्सल लर्निङ एकेडीमा अध्यक्ष शिव कुमार रिजाल, जिल्ला प्यावसन मकवानपुरका सचिवको विशेष आतिथ्यता रहेको थियो भने अतिथिहरुमा युनिभर्सल लर्निङ एकेडेमीका निमित्त प्रिन्सिपल शुक्र बहादुर प्रजा, व्यबस्थापक दिल बहादुर स्याङ्बो, ५ नम्बर वडाका निर्वाचित सदस्यहरु, वन समितिका प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले नृत्य, राइम्स, गीत लगायतका सांगितिक कोशेलीहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै जिल्ला प्याव्सन अध्यक्ष सुवेदीले निजि विद्यालयको मर्म अभिभावकले नै बुझ्नु् पर्ने बताउनुभयो । पछिल्लो समय शिक्षामा राज्यले नै वास्ता नगरिरहेको अवस्थामा अभिभावकले नै बुझ्नु पर्ने बताउनुभएको हो ।

त्यस्तै मनहरी प्याव्सन तथा युनिभर्सलका अध्यक्ष रिजालले अभिभावकले शुल्क तिरेपछि निरन्तर विद्यालयलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । शुल्क तिरिसकेपछि गुणस्तरीय शिक्षा पाउनुपर्ने भन्दै अभिभावक महिनामा एक चोटी भएपनि विद्यालय पुग्नुपर्ने सुझाव दिनुभयो ।

साथै अभिभावकको शुल्कले नै विद्यालयको समग्र कामकार्वाही अघि बढ्नै भन्दै समयमै विद्यार्थीको मासिक शुल्क तिर्न समेत अनुरोध गर्नुभएको थियो ।

लोकप्रिय

Related Articles