मनहरी–साउन २७ गते । मनहरी गाउँपालिका ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले एसईईमा सफल भएका विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम गरेको छ ।
शनिबार एक कार्यक्रमका विच विद्यालयले एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम गरेको हो ।
साथै विद्यालयले मकवानपुर जिल्लाकै टपर तासिर इंग्लिस बोडिङ स्कुलका डाउफिन राईकालाई सम्मान गरेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सीता पुलामी मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मगरले स्थानीय सरकारले सरकारी विद्यालयलाई मात्र हेर्ने गरेको तर निजि विद्यालयलाई सरकारी सरह हेर्ने नगरेको स्विकार गर्दै आगामी दिनमा निजि विद्यालयलाई संगै लिएर जानुपर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष कालाखेतीले आफ्ना विद्यार्थीसंगै अन्य विद्यालयको विद्यार्थीलाई समेत ल्याएर सम्मान गर्नु उदाहरणीय कार्य भएको भन्दै विद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
कार्यक्रमा उत्कृष्ट नतिजा ल्याउन सफल बबिता सुनुवार र जिल्ला टपर राइकाले समेत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमा नेपाली कांग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विर बहादुर घलान, इलाका प्रहरी कार्यालयका प्रमुख कृष्णराज ढकाल, ट्राफिक प्रहरी प्रमुख, डिभिन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, राष्ट्रिय मावि सुनाचुरीका प्रधानाध्यापक, सुर्य बहादुर मुक्तान, एकेडेमी अर्थ इन्स्टिच्युटका सञ्चालक, मनोज मोक्तान, मोबाइल एशोसियसन मनहरीका अध्यक्ष हिमशिखर ब्लोन, कपडा तथा तयारी पोशाक व्यवसायी संघ पश्चिम क्षेत्रका अध्यक्ष गोविन्द अधिकारी, महिला उद्यमी तथा नमुना मन्टेश्वरीका अध्यक्ष लक्ष्मी प्रजा लगायतकाको आतिथ्यता रहेको थियो ।