Wednesday, May 22, 2024

वन कार्यालय बनाउन नायक डिसीद्वारा राक्सिराङमा दुई कट्ठा जग्गादान

ताजा / भरखरै प्राप्त

राक्सिराङ–साउन ९ गते । मनहरी गाउँपालिका ७ निबासी नेपाली चलचित्रका नायक तथा समाजसेवी बीरेन्द्र डिसीले राक्सिराङ गाउँपालिका ५ मा आफ्नो स्वामित्वमा रहेको जग्गा नेपाल सरकारलाई दान गर्नु भएको छ ।

सव डिभिजन वन कार्यालय राक्सिराङको कार्यालय भवन निर्माणका लागि २ कट्ठा जग्गा दान गरिएको नायक डिसीले बताउनुभयो ।

‘मेरा स्वर्गीय बुवा ज्ञानबहादुर डिसी र आमा धनलक्ष्मी डिसीको सम्झनामा जग्गा दान गरेको हुँ’, नायक डिसीले भन्नुभयो ।

नेपाली चलचित्रहरुमा अभिनय गर्नु भएसँगै समाजसेवामा लागिरहनु भएका डिसीले मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिलाई पनि साधारण सभा तथा अधिबेसनको अबसरमा रकम सहयोग गर्नु भएको थियो ।

राक्सिराङ डिसीले दान गर्नु भएको जग्गामा नयाँ भवन निर्माण कार्य पनि सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, सव डिभिजन वन कार्यालय राक्सिराङका प्रमुख दिनेश सत्यालसहितका अगुवाहरुले भवनको सिलान्यास गर्नु भएको छ ।

लोकप्रिय

Related Articles