Thursday, April 18, 2024

कार्कीको अगुवाईमा विद्यालयमा पोशाक बितरण

ताजा / भरखरै प्राप्त

मनहरी–साउन ६ गते । मनहरी गाउँपालिका ६ लोथरस्थित राष्ट्रिय प्रगति प्राथमिक विद्यालयमा अध्ययनरत ७२ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।

समाजसेवी अन्जु कार्की (खुसी) को पहलमा मर्यादा नेपाल नाम गैरसरकारी संस्थाले विद्यार्थीहरुका लागि पोशाक बितरण गरेका हो ।

वडाध्यक्ष युवराज थपलियाको उपस्थिति तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुको उपस्थितिमा विद्यार्थीलाई ट्रयाक सुट बितरण गरिएको संस्थाकी अध्यक्ष कार्कीले बताउनुभयो ।

गरिव, बिपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयका लागि संस्थाको तर्फबाट सानो सहयोग गरिएको उहाँको भनाई छ ।

पोशाक हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष थपलियाले मर्यादा नेपालले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास कार्कीको सभाध्यक्षतामा भएको हो ।

लोकप्रिय

Related Articles