Monday, March 17, 2025

सात बर्षीया साहिसा स्याङ्तानको उपचारमा थप सहयोग

ताजा / भरखरै प्राप्त

मनहरी–साउन ६ गते । राक्सिराङ गाउँपालिका ४ घर भएकी ७ बर्षीया साहिसा स्याङ्तानको उपचारका लागि थप रकम जुटेको छ ।

मनहरी ८ स्थित युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलबाट संकलित रकम गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीमार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलबाट संकलित रकममा गाउँपालिका अध्यक्ष कालाखेतीले समेत व्यक्तिगन रुपमा ५ हजार रुपियाँ थपेर स्याङ्तानको उपचारका लागि ५० हजार ८ सय रुपियाँ हस्तान्तरण गर्नु भएको युवा समाजसेवी गोविन्द ग्लानले जानकारी दिनुभयो ।

यसअघि मनहरी ७ कै युनिभर्सल लर्निङ एकेडेमीका शिक्षक र विद्यार्थीहरुबाट संकलित ५० हजार रुपियाँसहित वडाध्यक्ष ठाकुरराम तितुङ, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेश मानन्धर, समाजसेवी इश्वर थापा लगायतको समेत रकम थप गरी कूल ५८ हजार ९ सय ९५ रुपियाँ हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी मनहरी ७ कै मेरीगोल्ड टाइनिटस इंग्लिस स्कुलको तर्फबाट ३१ हजार १ सय १५ रुपियाँसहित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र अन्य संघसंस्थाहरुले पनि रकम सहयोग गरेको थियो ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बालिकाको उपचार गर्दैगर्दै परिवारले नसक्ने स्थिति बनेपछि सबैबाट सहयोग माग गरी उपचार गर्न लागिएको उपचारका लागि आर्थिक संकलनमा लाग्नु भएकी सुमित्रा प्रजाले जानकारी दिनुभयो ।

लोकप्रिय

Related Articles