Thursday, November 14, 2024

मनहरीका जनजाति युवाहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु

ताजा / भरखरै प्राप्त

मनहरी–असार ८ गते । मनहरी गाउँपालिकामा आदिवासी जानजाति युवाहरुका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।

मनहरी गाउँपालिकाको आयोजना र ग्रेटर ताम्सालिगं मिडिया प्रालिको समन्वयमा ३ दिने तालिम आयोजना गरिएको हो ।

तालिमको पहिलो दिन शुक्रबार अधिबक्ता अजय कुमार तामागले आदिवासी जनजातिको परिचय, यसबारे राष्टिय अन्तराष्टिय मान्यता, सामाजिक तथा कानुनी ब्यवस्थालगायत बिषयमा सहजीकरण गर्नुभयो ।

गाउँपालिकाका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले मनहरी गाउँपालिका अधिकांश आदिवासी जनजातिको बसोबास रहेको गाउँपालिका भएकाले यस्त तालिम तथा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

उहाँले गाउँपालिकाले अगामी बर्षको लागि निति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँदै जनजाति लक्षित विभिन्न कार्यक्रम समावेश गरिने बताउनुभयो ।

३ दिनसम्म चल्ने तालिममा पत्रकार शिव कुमार काशी, ज्ञानेन्द्र तामांग, आदर्श थोकर लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको संयोजक जयराम मोक्तानले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा जनजाति नेता तथा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर लगायतले जनजाति आन्दोलन र राजनितिक तथा समाजिक संघर्षका बिषयमा आफ्ना अनुभवसमेत सुनाउनेछन ।

कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका जनजाति युवाहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ ।

लोकप्रिय

Related Articles