Wednesday, December 11, 2024

मनहरीका तितुङको निर्वाचन खर्च शून्य

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख ११ गते । २०७९ मंसीर ४ गते भएको संसदीय निर्वाचनमा उम्मेदवार हुनु भएका मनहरी गाउँपालिका निबासी पदमबहादुर तितुङले खर्च विवरण सार्बजनिक गर्नु भएको छ ।

उहाँ नेपाली काँग्रेस (बिपी) का तर्फबाट करुवा चुनाव चिन्ह लिएर मकवानपुर क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र ख मा उम्मेदवार बन्नु भएको थियो ।

निर्वाचन आयोगको निर्देशन अनुसार मत परिमाण सार्बजनिक भएको २ महिनाभित्रमा खर्च बिवरण आयोगमा पेस गर्नुपर्ने र त्यसबारे मिडिया÷अनलाइन र सामाजिक सञ्जालहरुमा सार्बजनिक गर्नुपर्ने प्रावधान छ ।

सोही अनुसार उम्मेदवार तितुङले निर्वाचन आयोगमा आफ्नो तर्फबाट कुनै पनि खर्च नभएको विवरण पेस गर्नु भएको जानकारी गराउनु भएको छ ।

निर्वाचनमा उहाँ नेपाली काँग्रेस (बिपी) को तर्फबाट उम्मेदवार बने पनि पछि पुनः नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय पार्नु भएको थियो ।

उम्मेदवारी निष्क्रिय पारेसँगै आफ्ना लागि कुनै पनि राजनीतिक सक्रियता, घरदैलो, सभा, आमसभा, कार्यकर्ता परिचालन गर्नु नपरेकाले कुनै पनि खर्च नभएको उहाँको भनाई छ ।

लोकप्रिय

Related Articles