Sunday, October 13, 2024

राक्सिराङ गाउँपालिकाको १३ औँ (हिँउदे)अधिवेशन सम्पन्न

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस २९ गते । राक्सिराङ गाउँपालिकाको १३ औँ (हिँउदे) अधिवेशन शुक्रबार भएको छ ।

अधिवेशनमा गाउँपालिकाका सूचना अधिकारी अञ्जन हटुवालले चालु आर्थिक वर्षमा स्वीकृत भएका र नाम फरक परेका योजनाहरु संशोधन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

यस्तै, गाउँपालिकाको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन, मेलमिलापकर्ताहरुको नाम अनुमोदन समेत गरेको उहाँले बताउनुभयो । सभामा संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रतिवेदन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन समेत गरिएको उहाँले बताउनुभयो ।

सामान्य कार्यपालिकाहरुले गरेको निर्णय र आकस्मिक कार्यका लागि अधिकार प्रायोजनसम्बन्धी प्रस्ताब पेश पेश गरी सभाले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७–०७८ सम्म रहेको बेरुजु फछ्र्यौट नियमित गर्नेसम्बन्धी प्रस्तावसमेत पेश भई सभाले अनुमोदन गरेको उहाँले बताउनुभयो ।

सभामा मकवानपुर प्रतिनिधि सभा २ बाट निर्वाचित महेश बर्तौला, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ लगायतकाको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles