Thursday, May 30, 2024

मनहरी गाउँपालिका निमाविस्तरीय बक्तृत्वकलामा रोटरीकि रोजिना प्रजा प्रथम

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २८ गते । मनहरी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेको अवसरमा गाउँपालिकाले बक्तृत्वकला प्रतियोगिता एबम् बाल अधिकारकर्मीहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकालाई २०७६ पुस २८ गते बालमैत्रि गाउँपालिका घोषणा गरेको थियो । सोही अवसरमा गाउँपालिकाले सोही मितिमा बिहिबार उक्त कार्यक्रम आयोजना गरेको हो । मनहरी गाउँपालिका अन्तर्गत रहेका निमावि विद्यालय स्तरीय बक्तृत्वकला गरेको हो ।

जसमा राष्ट्रिय रोटरी माविकी रोजिना प्रजा प्रथम हुनुभएको छ भने दोस्रोमा राष्ट्रिय मावि सुनाचुरीकी सुस्मिता प्रजा दोस्रो हुनुभएको छ ।

त्यस्तै तेस्रोमा युव वर्ष गंगा आधाभुत विद्यालयका प्रविना अर्याल हुनुभएको छ भने महेन्द्र किरण माविकि विनिता मोक्तान र भोजसिद्ध माविकि कृषा लो सान्तवना बन्नुभएको थियो ।

बालश्रम न्युनिकरण अभियानमा विद्यार्थीको भुमिका विषयक बक्तृत्वकलामा गाउँपालिका अन्तर्गतका निमावि विद्यालयहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा बाल सहजकर्ता, बालअधिकारकर्मीहरुर्ला सम्मान गरेको छ ।

लोकप्रिय

Related Articles