Wednesday, December 11, 2024

स्थानीय कृषि उत्पादन प्रवद्र्धनका लागि राक्सिराङ गाउँपालिकाले कृषि प्रवद्र्धन मेला गर्ने

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस १८ गते । स्थानीय उत्पादको प्रवद्र्धन र बजारीकरणका लागि राक्सिराङ गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते गरी महिनाको २ चोटी कृषि मेला गर्ने भएको छ ।

आइतबार गाउँपालिकाको कार्यालयको सभाहल चैनपुरमा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले बताउनुभयो । कृषि मेला यहि माघ १५ गतेबाट सुरुवात गरिने पनि उहाँले बताउनुभयो ।

कृषि मेलामा स्थानीयस्तरमा उत्पादन भएका कृषि उत्पादनहरुलाई समिटिने जनाएको छ । स्थानीयरुपमा उत्पादन हुने अन्न बालीहरुलाई बजारीकरण गर्नका लागि गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन एबम् बजारीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अगुवा कृषक, सहकारीकर्मी, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, पत्रकार एबम् अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिकामा उत्पादन हुने, कोदो, मकै, तोरी, अदुवा, केरा, तकारीबाली, मह जस्ता विभिन्न कृषि उत्पादनलाई प्रवद्र्धन गर्दै बजारीकरण गर्न लागेको हो । जसको कारण स्थानीयरुपमा कृषकहरु प्रत्यक्ष लाभान्वित हुने उपाध्यक्ष थिङले बताउनुभयो ।

गाउँपालिका भित्र उत्पादन हुने अन्य दलहन, तेलहन, नगदे, खाद्यबालीहरुलाई प्रवर्धन गर्दै बजारीकरण गर्दा आर्थिक विकास हुेने विस्वास गरिएको छ । कृषि प्रवद्र्धनमा सबै कृषकहरुलाई सकृय सहभागी हुन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

लोकप्रिय

Related Articles