मनहरी–कात्तिक ६ गते । मनहरी गाउँपालिका वडा नं ८ देवकोटका ११ जनाले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश भएका छन् । नेकपा एमालेको टोल कमिटीमा रही काम गरिरहेका ११ जनाले शनिबार मनहरी ९ रजैयामा आयोजना गरिएको लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलामा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडा, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सदस्य गोविन्दराम चेपाङ, जिल्ला सचिव बिष्णुप्रसाद दाहाल, मनहरी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ लगायतले अबिर लगाएर स्वागत गर्नु भएको थियो । सोही अबसरमा राक्सिराङ गाउँपालिकाबाट केही मानिस नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here