मनहरी–कात्तिक ४ गते । सत्ताधारी राजनीतिक दल संलग्न गठबन्धनले मंसीर ४ गतेको निर्वाचनलाई लक्षित गरी संयुक्त कार्यकर्ता भेलालाई निरन्तरता दिइरहेको छ । सोही क्रममा भोलि कात्तिक ५ गते मनहरी गाउँपालिका ९ को रजैयामा संयुक्त भेला आयोजना गर्न लागिएको गठबन्धनले जनाएको छ ।

गठबन्धनमा आबद्ध नेपाली काँंग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले देशभर गठबन्धन गरी निर्वाचनमा होमिएको छ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गतको क र ख प्रदेश सभा निर्वाचन क्षेत्रमा समेत गठबन्धनले पहिलो चरणमा संयुक्त कार्यकर्ता भेला तथा उ्रम्मेदवार परिचयात्मक कार्यक्रमलाई निरन्तरता दिइरहेको गठबन्धनले जनाएको छ ।

हालसम्म राक्सिराङ र कैलाश गाउँपालिकामा पालिकास्तरीय भेला भइसकेको छ भने प्रतिनिधिसभा २ स्तरीय भेला समेत आयोजना भई संयुक्त रुपमा विभिन्न उपसमितिहरु निर्माण गरी जिम्मेवारी प्रदान गर्ने काम गरिएको नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभा क्षेत्र नं २ का संयोजक भूमिनन्द अर्यालले बताउनुभयो ।

राक्सिराङ र मनहरी गाउँपालिकामा समेत पालिकास्तर र वडास्तरीय उप समितिहरु निर्माण गरी कार्य विभाजनका साथ कार्यक्रम सम्पन्न गरेको गठबन्धनले मनहरी गाउँपालिका ९ रजैयास्थित खेल मैदानमा संयुक्त कार्यकर्ता भेला कात्तिक ५ गते आयोजना गर्ने अन्तिम तयारीमा रहेको नेपाली काँग्रेसका सभापति प्रकाश बर्ताैलाले बताउनुभयो ।

कार्यकर्ता भेलाका सबै तयारी सम्पन्न गरिएको र प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क की उम्मेदवार कुमारी मोक्तान तथा प्रदेश सभा ख का उम्मेदवार इन्द्र्रबहादुर बानियासहितका जिल्ला, क्षेत्र, प्रदेश तहका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुने बताइएको छ । ‘हामी गठबन्धनमा आबद्ध राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुबीच मित्रता कायम गर्न र संविधान रक्षाका लागि एकजुट भएर राजनीतिक शक्ति सञ्जय गर्नका निम्ति पालिकास्तरका भेलाहरु गरिरहेका छौँ’, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एबम् मकवानपुर सह इन्चार्ज राजाराम स्याङ्तानले भन्नुभयो ।

भेलाबाट निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार समिति तथा अनुगमन समिति लगायत संयन्त्रहरु निर्माण हुने बताइएको छ । भेलापछि आफ्ना वडामा फर्कने नेता कार्यकर्ताहरुले वडा तहका कार्यक्रमहरुका तर्जुमा गरी तिहार लगत्तै सम्भव भएसम्मका स्थानहरुमा घरदैलो कार्यक्रम र वडा एबम् भेगीय कार्यक्रमहरु आयोजना गरिने गठबन्धनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here