मनहरी–कात्तिक ०३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँकमिटीको बैठकले जनप्रतिनिधिबाट संसदीय दलको नेता, उपनेता, सचेतक लगायतका सदस्यहरु च्यन गरेको छ ।

बिहिबार मनहरी गाउँपलिका रजैया स्थित पार्टी कार्यालयमा भएको पदाधिकारीको बैठकले निर्वाचित जनप्रतिनिधिबाट संसदीय दलको नेतामा पार्टीका प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) लाई चयन गरको छ भने उपनेतामा पार्टीका मनहरी गाँउपालिका इन्चार्ज तथा वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रिनलाई चयन गरेको छ ।

त्यस्तै प्रमुख सचेतकमा पार्टीका वाइसियल प्रदेश कमिटी सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र अधिकारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा वाइसीएल प्रदेश कमिटी सदस्य समेत रहेका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा र गाउकमिटी सदस्य रहनु भएका कार्यापालिका सदस्य चतुर सुनार चयन हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here