मनहरी–असोज २७ गते । मनहरी गाँउपालिका वडा नम्बर ७ बिजौनामा बाल विवाह बदर गरिएको छ ।

मनहरी गाँउपालिका उपाध्यक्ष सीता पुलामीको सकृयतामा बालबिबाह बदर गरिउको हो । मनहरी गाउँपालिका वडा नम्बर ७ विजौना निवासी १७ बर्षिया बालिका दशैँको टिकाको दिनै मनहरी बाट हराएका थिए ।

प्रहरीको सक्रियतामा बालिकालाई असोज २७ गते उद्दार गरी बालिकाको बाबा आमालाई जिम्मा लगाएको हो । उनिहरु भागेर काठमाण्डौ गएर बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उद्दार गरी ल्याएको बालिकालाई परिवारलाई जिम्मा लगाउदै उपाध्यक्ष पुलामील्े बालिकालाई भविष्यमा आउन सक्ने समस्यालाई गाँउपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण राज ढकाल, शान्ती फाउन्डेसनका प्रतिनिधि सीता गुरुङ, देबकी ढुङ्गाना, माईती नेपालका माया लामा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितीका देबकी ढकाल लगायतको उपस्थितिमा बालिकालाई परिवारको जिम्मा लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here