राक्सिराङ–असोज २५ गते । राक्सिराङ गाउँपालिकाले केही दिन अघि आएको अविरल वर्षाका कारण भएका क्षतिको लगत संकलन गर्ने भएको छ ।

लगातार ३ दिन परेको पानीका कारण राक्सिराङ गाउँपालिकामा मानविय क्षति समेत भएको थियो भने कतिपय स्थानमा पशु चौपाया तथा बालीनालीमा क्षति पुगेको थियो ।

मंगलबार सुचना जारी गर्दै सुचना जारी गरेको मितिले ३ दिन भित्र गाउँपालिका भित्र मानविय, पशु चौपाय, खेतीपाती लगायत धनजनको क्षति विवरण आफ्नो वडा कार्यालयको सिफारिस सहित गाउँपालिकामा बुझाउन अनुरोध गरेको हो ।

गाउँपालिकाले विवरण संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गर्ने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

यदि वास्तविक क्षति भएको अवस्थामा गाउँपालिका अन्तर्गतका कार्यविधि अनुसार क्षतिपुर्ती समेत प्रदान गरिने बताउनुभयो । गाउँपालिकामा पहिरोले पुरिदा १ जनाको मृत्यु समेत भएको थियो ।

मृतक परिवारलाई भने गाउँपालिकाको तर्फबाट किरिया खर्च स्वरुप २५ हजार प्रदान गरिने र जिल्ला विपद व्यवस्थापन समितिबाट मृतकका परिवारलाई २ लाख क्षतिपुर्ती दिइने अध्यक्ष मल्लले बताउनुभयो ।

गाँउपालिकाले संकलन गरेको विवरण जिल्लामा र जिल्लाले गृह मन्त्रालयमा पठाउने पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here