राक्सिराङ–असोज २५ गते । राक्सिराङ गाउपालिकाको वडा नम्बर ३ र ५ का अती बिपन्न चेपाङ समुदायका ३५ घर परिवारलाई ब्ल्यांकेट बितरण गरिएको छ ।

No description available.

बिराट नेपाल मेडिकल ट्रष्ट र राक्सिराङ गाउँपालिकाको समन्वयनमा न्यानो कपडा बितरण गरिएको हो । बेलायतको म्यानचेस्टर युनाईटेड विश्व बिधालयका २ जना बिद्यार्थीले ईन्स्टाग्राममा खुर्सानी खाने प्रतियोगितामा सहभागी भई पैसा जम्मा गरी सहयोग गरिएको बताए ।

उक्त सहयोग गाउँपालिकाको बिपन्न समुदायलाई जाडो महिनामा धेरै काम लाग्ने विश्वाश समेतब्यक्त गरे । बेलायती बिद्यार्थी सारा लुईस गेर्गोरी र ईलिन गिल बिराट नेपाल मेडिकल ट्रसमा आबद्द रहेका उनिहरुले यस अभि पनि राक्सिराङ गाउँपालिकामै २ चोटि बिपन्न समुदायलाई सहयोग गरिसकेका छन् ।

बिराट नेपाल मेडिकल ट्रष्टले नेपालमा स्वास्थ्य क्षेत्रमा रहेर काम गरिरहेकोमा मकवानपुरमा पनि बिगतमा स्वास्थ्य भवन, क्षयरोग निबारणकालागी काम गर्दै आईरहेको संस्था हो । संस्थाका प्रतिनिधि भोला राईको समान्वयनमा उक्त सहयोग राक्सिराङका बिपन्न परिवारले प्राप्त गरेका हुन ।

No description available.

गाउँपालिकाका ३ नम्बर वडाका १० जना र ५ नम्बर वडाका २५ जना गरी ३५ जनालाई न्यानो कपडा बितरण गरिएको थियो । न्यानो कपडा प्राप्त गरेकाहरुले जाडो मौसम सुरु हुनै लाग्दा सहयोग गरिएकोमा सहयोगी दाता प्रती खुशी ब्यक्त गरेका थिए ।

चेपाङ जातीको बारेमा किताबमा पढेको तर प्रत्यक्ष रुपमा हेर्न र अध्ययन गर्न आफुहरु आएका बताउने उनिहरुलाई गाउँपालिकाले आफ्ना गाउपालिकाको बिपन्न समुदायलाई पटक पटक गरी प्रदान गरेको सहयोग प्रती आभार ब्यक्त गर्दै बिराट नेपाल र २ बेलायती बिद्यार्थीलाई कदर पत्र र खादा लगाएर सम्मान गरेका थिए ।

राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले बिराट नेपाल मेडिकल ट्रष्ट र २ बेलायती बिद्यार्थीलाई धन्यवाद दिदै अझैपनी राक्सिराङ गाउँपालिकामा बिपन्न परिवार तथा समुदायका मानिसहरुको बसोबास रहेको र स्थानिय सरकारले उनिहरुको उत्थान तथा बिकासमा गाउँपालिका सदैब तैयार रहेको बताउनुभयो ।

साथै गाउँपालिकाले आफ्नो तर्फबाट मात्र नभई बिभिन्न दातृ संस्था तथा ब्यक्तीहरुसङ्ग सहकार्य गर्दै जनता सङ्ग स्थानीय सरकार रहेको अनुभुती दिलाउने बताउनुभयो । साथै गाउँपालिका भित्र राहात बितरण गर्दा गाउँपालिकासंग समान्वयन गरेर मात्र आईदिन संघ संस्था तथा ब्यक्तीहरुमा अपिल समेत गर्नुभयो ।

न्यानो कपडा बितरण कार्यक्रममा राक्सिराङ गाउपालिका ३ नम्बर वडाका वडा अध्यक्ष उत्तम वाईबा, ५ नम्बरका वडा अध्यक्ष हरी प्रजा, गाउँपालिकाका योजना शाखा प्रमुख, सुचना शाखा प्रमुख, रोजगार शाखा प्रमुख लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here