मनहरी–असोज १७ गते । मनहरी गाउँपालिकामा सोमबार १९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । २९ जनामा गरिएको परीक्षणमा १९ जनामा डेंगी संक्रमण पुष्टि भएको मनहरी अस्पतालका ल्याब टेक्निसियन शुरेश रायले बताउनुभयो ।

डेंगी परीक्षण तथा संक्रमित व्यक्तिरुको तथ्याङ्क दिदैँ मनहरी अस्पतालका ल्याव टेक्निसियन शुरेश राय र तथ्याङ्क संकलन गर्दै मनहरी लाइभ संवाददाता शुक्र अतित । फोटो फाइलः शिब कुमार रिजाल ।

११ जना पुरुष र ८ जना महिला गरि १९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै मनहरी अस्पतालमा स्क्रब टाइफसको विरामी पनि देखा परेको छ । सोमबार मनहरी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा स्क्रब टाइसफ देखा परेको हो । त्यस्तै आइतबार १६ गते १३ जनामा गरिएको परक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै १४ गते ३० जनामा गरिएको परीक्षणमा १७ जना, १३ गते २७ जनामा गरिएको परीक्षणमा २२ जना, १२ गते २५ जनामा १३ जना, ११ गते १९ जनामा ११ जना, १० गते ११ जनामा ६ जनामा, ९ गते ३१ ज्नामा १७ जना, ७ गते १५ जनामा १० जना, ६ गते १९ जनामा १४ जना, ५ गते १७ जनामा ११ जना, ४ गते १० जनामा ६ जना, २ गते ७ जनामा २ जना र १ गते १ जनामा संक्रमण पुष्टि भएको टेक्निसियन रायले बताउनुभयो । असोज महिनाको १ गते देखि १७ गते सम्म १५६ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भदौमा ४ जनामा संक्रमण देखा परेको थियो भने साउन महिनामा ७ जनामा गरी आर्थिक वर्ष २०७९/०८० को साँढे २ महिनाको अबधीमा १६७ जनामा डेंगी संक्रमण देखा परिसकेको छ । यसरी हेर्दा मनहरीमा पछिल्लो समय डेंंगीको संक्रमण दिनानुदिन वृद्धि भइरहेको छ ।

पछिल्लो समय डेंगीको संक्रमण वृद्धि भइरहेको कारण मनहरी अस्पतालले विदाको समयमा पनि डेंगी परीक्षणलाई भने निरन्तरता दिएको छ ।

त्यस्तै बजारमा रहेका मेडिकलहरुबाट सामान्य किसिमका औषधीहरु पनि नदिएको गुनासो आएको भन्दै अस्पतालले फार्मेसी पनि सञ्चालन गरिराखेको छ । विदाको समयमा पनि फार्मेसी र ल्याब सञ्चालन हुँदा सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

विदाको समयमा पनि अस्पतालमा प्रसुति गृहमा ३ जना, फार्मेसीमा २ जना, आकस्मिकमा ३ जना, ल्यावमा १ जना र सहयोगी ३ जनाले सेवा प्रदान गरिरहेको अस्पतालका इन्चार्ज शिवराम बानियाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here