मनहरी–असोज १६ गते । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्ण प्रसाद ढकालले नेपालीहरुको महान चाड बडा दशैँमा सुरक्षा व्यवस्था कडा पारेको बताउनुभएको छ ।

चाडबाडको समयमा ऋण गरेर भएपनि गरगहाना लगाउने, मिठो मसिनो खाने गर्ने हुँदा यो समयमा चोरीको घटना उल्लेख्य मात्रामा वृद्धि हुने भन्दै उहाँले सुरक्षा योजना कडाई गरिएको बताउनुभयो ।

यात्रुबाहक वसमा समेत त्यस्ता खाले घटनाहरु घट्ने गरेको पाइएकोले रात्रीकालिन समयमा बर्दीमै प्रहरकिो उपस्थितिमा गन्तव्यसम्म लगिने बताउनुभयो ।

विशेष गरि मनहरीको पश्चिम सिमाना लोथर देखि हेटौँडासम्म इलाका प्रहरी कार्यालयबाट सेवाको लागि खटिने उहाँले बताउनुभयो । साथै चाडबाडको समयमा बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्यामा वृद्धि हुने भएकोले बेला बेलामा कालोबजारी नहोस भनि बजार अनुगमन समेत गर्ने गरेको उहाँले बताउनुभयो ।

साथै उहाँले चाडबाडको समयमा चोरीको घटना वृद्धि हुने भन्दै सबैभन्दा पहिले व्यक्ति स्वयम नै संयमित हुनुपर्ने बताउनुभयो । मनहरी लाइभसंग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here