Thursday, December 7, 2023

परेवा भिरमा बाटो बन्दैन भन्नेहरु नै सरर गाडीमा हुइकिदै भोट मागिरहेको भन्दै एमालेलाई खतिवडाको कटाक्ष

ताजा / भरखरै प्राप्त

हेटौंडा–कात्तिक २ गते । मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले नेकपा एमाले तथा उक्त पार्टीका उम्मेदवारलाई कटाक्ष गर्नुभएको छ ।

बुधबार क्वीक ट्वान्टी होटलमा भएको गठबन्धन पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नो पहल कदमीमा बनेको परेवा भिरको बाटोमा बाटो बन्दैन भन्ने पार्टीका नेता तथा कार्यकर्ताहरु सरर बाटोमा हिंडेको भन्दै कटाक्ष गर्नुभएको हो ।

परेवा भिरको बाटो बन्दैन, सम्भव छैन भन्नेहरु नै सोही बाटो हुँदै सरर गाडीमा गुडेर भोट माग्न हिँडेको भन्दै नेकपा एमाले लाज पचाउने पार्टी भएको बताउनुभयो ।

त्यस्तै कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नै पहलमा चेपाङलाई उज्यालो कार्यक्रम सञ्चालन गरेको तर आफुले कहिले पनि प्रचार–प्रसार भने नगरेको बताउनुभयो । साथै थाहा नगरपालिका चितलाङमा छात्रबास सहितको सिभिल इन्जिनियरिङ कलेज स्थापना गरेको बताउनुयो ।

त्यस्तै प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको रक्षाको लागि निर्माण भएको भन्दै संविधानको रक्षाकै लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सभा २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार इन्द्र बानिँयाले गठबन्धनको यात्रा जनयुद्ध पछि भएको शान्ती सम्झौता पश्चात बनेको सम्बन्ध हालसम्म आइपुग्दा सबै शक्तिहरु एकै ठाउँमा भएको बताउनुभयो ।

संविधानको रक्षार्थ र संविधान कार्यान्वयनका निम्ति यो गठबन्धन अझै अगाडी बढ्ने बताउनुभयो । कार्यकर्ता भेलामा गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो । नेकपा (एकीकृत) समाजवादीका केन्द्रीय उपाध्यक्ष डा. केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles