मनहरी–असोज १४ गते । नेकपा (एकीकृत समाजबादी) बागमती प्रखेश सभा २ ´ख` ले शुक्रबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेकपा (एस) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले हरेक चुनावले रास्ट्रको लोकतन्त्र र जनताको पक्षमा काम गर्ने ब्यक्तिलाई चुन्न आवश्यक रहेको बताउनुभयो ।

यहि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुदँैछ । सोही सन्दर्भलाई कोट्याउदैँ उहाँले झुट, फटाहाहरुलाई चुनावी मैदानबाटै उखेल्नुपर्ने बताउनुभयो । सम्मान–आत्मसमान सबै चुनाव सङ्ग जोडिएका हुनाले आत्मासम्मान गुम्ने खालका कामहरु नगर्न पनि आग्रह गर्नुभयो ।

शुभकामना मन्तब्य व्यक्त गर्दै निबर्तमान बागमती प्रदेश सभा सम्सद ओम बहादुर गलान समग्रतामा नेपाली जनताले जितोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

साथै कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मनहरी गाउपालिका अध्यक्ष रन्जन कालाखेतीले असत्यका बिरुद्द देवताहरु पनि गठबन्धन गरेर असत्यलाई परास्त गरेको भन्दै अझै नेपालमा असत्य र दम्भको बिरुद्द एक भएर लाग्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेकपा एमालेको तर्फबाट मन्तव्य व्यक्त गर्दै हेमलाल उप्रेतीले सबैको अस्तित्वलाई सम्मान गरेर मिलाएर अगाडि बढ्नु अहिलेको आवश्यक्ता रहेको औल्याउनुभयो ।

कार्यक्रममा नेकपा (एस) मकवानपुर निर्वाचन क्षेत्र २ ख का संयोजक टंक मोक्तानको सभाध्यक्षतामा सम्पन्न भउको हो । कार्यक्रममा बोल्दै उहाँले भाबनामा मात्रै बगेर देशले निकास नपाउने बतानउनुभयो । देशलाई शुभ हुनको लागि राष्ट्रिय मेलमिलाप आजको अपरिहार्य रहेकोले समग्र दलहरु आपसी मेलमिलापमा अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सविंधान सभा सदस्य द्वय राजाराम स्याङ्तान र गोबिन्दराम चेपाङ, मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्ताैला लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here