मनहरी–असोज ३ गते । ७ औँ संविधानदिवस तथा राष्ट्रिय दिवसका अवसरमा मनहरी बजारमा दिप प्रज्वलन गरिएको छ ।

मनहरी गाउँपालिकाको आयोजनमा नेपालको सविंधान २०७२ लागु भएको खुशीयालीमा दिवस मनाएको हो । विं.सं. २०७२ साल असोज ३ गते गणतान्त्रीक सविंधान जारी गरि कायान्वयनमा आउको खुशीयालीमा दिवस मनाएको हो ।

दिप प्रज्वलन कार्यक्रममा निवर्तमान बागमती प्रदेशसभा निवर्तमान सदस्य ओम बहादुर ग्लानले सविंधानको कार्यान्वयनमा भने चुनौती देखिएको बताउनुभएको छ ।

प्रतिगमनकारी तत्वहरु संविधानलाई धावा बोल्ने, संविधान विरुद्धको क्रियाकलाप गर्ने जस्ता कार्यले सविंधानको धज्जी उडाएको भन्दै त्यस्ता प्रतिगमनकारी तत्वहरुको पतन निश्चित रहेको बताउनुभयो ।

साथै कार्यक्रममा बोल्दै ग्लानले सबैले संविधान मान्न पनि आग्रह गर्नुभयो । त्यस्तै दिप प्रज्वलन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सविंधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

संविधान देशको मुल कानुन भएको भन्दै कानुनको धज्जी उडाउने कार्यहरुले कोही कसैले गर्न नहुने बताउनुभयो । संविधानको मर्महरुलाई सदा शिरोपर गर्दै मनहरीको विकासका लागि जनताले आफूलाई निर्वाचित गराएको भन्दै सदैव विकासका काममा लागि पर्ने बताउनुभयो ।

माओवादीका वीरबहादुर घलान ज्वाला, काँग्रेसका प्रकाश बर्तौला, एमालेका सालिकराम बानिया, नेकपा एकीकृत समाजवादीका कृष्ण चेपाङले संविधान दिवसको शुभकामना दिनुुभएको थियो ।

प्रमुख अतिथि निवर्तमान माननीय ओम बहादुर घलान (प्रदीप), स्वागत मन्तब्य गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर र सभाध्यक्षता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको रहेको थियो । कार्यक्रममा वडा नम्बर ९, ८, ७, ६, ५, ४ का वडा अध्यहरु, विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here