मनहरी–भदौ १६ गते । स्थानीय तहको चुनाव २०७४ मा मनहरी गाँउपालिका वडा नम्बर ४ मा नेकपा माओबादी केन्द्रको तर्फबाट उमेद्धवार बनी बिजयी बन्नुभएका ध्रुब खड्का ५ बर्षको कार्यकाल सकेर यतिखेर कृषि कर्ममा रमाउदै हुनुहुन्छ ।

उहाँ बिहान बेलुकी प्राय बारीमै ब्यस्त हुँदै आइरहनुभएको छ । यति खेर उहाँको ३ गठ्ठाको क्षेत्रफलमा रहेको ३ वटा सुबिधा सम्पन्न टनेल भित्र टमाटर लटरम्म फलेका छन् ।

कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदान कार्यक्रमबाट ३ वटा टनेल निर्माण गरी लोभलाग्ने तरीकाले टमाटर हुर्काउदै हुनुहुन्छ । टनेल निर्माण गर्न चौध लाख आफ्नै र कृषि ज्ञान केन्द्रको चौध लाख गरी २८ लाखको लागतमा निर्माण भएको खड्का बताउनुहुन्छ ।

“ ५ बर्ष जनप्रतिनिधी हँुदा धेरैजसो समय जनताको समस्यासँग नजिक रहेर काम गर्दा घर अनी खेत बारीलाई समय दिन नपाएको तर अहिले समय खाली बस्नुपर्दा सकसक लाग्ने गरेकाले सोहि समयलाई अहिले खेतबारी, घरपरिवार र किराना पसलमा बसेर ब्यतित गर्दै आईरहेकोछु ” उहाँले भन्नुभयो ।

उहाँको टनेल भित्र सृजना जातका टमाटर अहिले फल्न सुरु गरेका छन् । यो सिजनमा राम्रो भाउ भेटियो भने एउटा टनेलबाट तीन लाख रुपैँया सम्म लिने योजना रहेको बताउनु हुन्छ पूर्ब वडा अध्यक्ष खड्का ।

सामान्यतया खुल्ला स्थानमा भन्दा टनेल भित्र उत्पादन धेरै र राम्रो हुने गरेकाले गाँउमा धेरै कृषकले टनेल निर्माण गरी तरकारी खेती गर्न अग्रसरता देखाएका छन् । भबिष्यमा कृषि कर्म सँगसँगै समाजसेवामा पनि निरन्तर लागीरहने पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here