मनहरी–भदौ ०७ गते । मनहरी गाउँपालिका वडा नं ६ निवासी सामाजिक व्यक्तित्व मनोज मिश्रको परिवारलाई मनहरी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले आर्थिक सहयोगसहित श्रद्धान्जली ब्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको नेतृत्वमा उपाध्यक्ष सीता पुलामीसहितको कार्यपालिका सदस्य टोली मिश्रको घरमा पुगी श्रद्धान्जली ब्यक्त गरिएको हो ।

मृगौला खराबी भएपछि ८ दिनअघि मिश्रको काठमाडौँमा निधन भएको थियो । मिश्रको परिवारलाई आर्थिक सहायता स्वरुप कार्यपालिका सदस्यहरुबाट संकलित रकम ५० हजार रुपियाँ हस्तान्तरण गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस र माओवादी पार्टी गठबन्धन भई स्थानीय तहको निर्वाचनमा जाँदा तलब भत्ताको रकम सामुदायिक काममा खर्च गर्ने उम्मेदवारहरुको घोषणाको कार्यान्वयन गर्दै दिबंगत परिवारका लागि सहयोग गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहनु भएको ४६ बर्षीया मिश्र लोथर बजारका समाजसेवी हुनुहुन्थ्यो ।

उहाँ विभिन्न सामाजिक संघसंस्थाहरु, क्लव, नेपाल रेडक्रस सोसाइटी लगायत संघसंस्थाहरुमा आबद्ध रही सामाजिक क्रियाकलापहरुमा समेत संलग्न रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here