मनहरी–भदौ ०७ गते । महेन्द्र किरण माध्यमिक विद्यालयमा प्रधानाध्यापक राधालाल मण्डलले राजिनामा दिनुभएसंगै निमित्त प्रधानाध्यापक तोकिएको छ ।

सोही विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत शिव रिमाललाई निमित्त प्रधानाध्यापक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेतीले बताउनुभयो ।

शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा १ जना मात्र समुतिर्ण भएको भन्दै अभिभावकहरुले विद्यालयको प्रधानाध्यापकको राजिनामा माग्दै विद्यालय नै बन्द गरेका थिए ।

बढ्दो नैतिक दवावका कारण प्रधानाध्यापक राधालाल मण्डलले सोमबार राजिनामा दिनुभएको थियो ।

मण्डलको राजिनामा स्वीकृत भएसंगै तत्काल विद्यालय सञ्चालनका लागि विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत शिक्षक रिमाललाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार निमित्त प्रधानाध्यापकको रुपमा नियुक्त गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here