मनहरी–भदौ १ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार लागू औषध दुव्र्यसनी र दुर्घटना न्युनीकरण सम्बन्धी सचेतना कार्याक्रम गरिएको छ ।

राष्ट्रिय आधारभूत विद्यालय रमन्टारमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीलाई प्रशिक्षण दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय मनहरी सामुदायिक प्रहरी सेवा केन्द्र मनहरीको संयुक्त आयोजनमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुराराम तितुङ, वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलिया, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकाल, मनहरी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विमला कार्की र सचिव हरिचन्द्र शाही ठकुरी, वडा नम्बर ७ का वडा सदस्य नमराज सुवेदी, विद्यालय व्यवस्थपन समितिका सदस्यहरु, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here