मनहरी–साउन ३० गते । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरीमा रहेको मनकामना मन्दिरमा रुद्री पाठ पारायण गरिएको छ ।

साउन महिनाको अन्तिम सोमबार शिवको पुजा स्वरुप रुद्री पुजा गरिएको हो । रुद्री पुजामा स्थानीय व्रतालु तथा भक्तजाहरुको पनि बाक्लै घुइचो लागेको थियो । रुद्री पुजा पाठ पारायण लगत्तै खैचडी भजन, किर्तन भजन, लोक भजन समेत गाइएको थियो ।

साउन महिनाको प्रत्येक सोमबार भगवान शिवको व्रत वसि शिवकै पुजा आरधना गर्ने गरिन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ ।

ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

यस दिन आफू र आˆनो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । 

साथै मनकामना मन्दिर संरक्षण संस्था मनकामना सनातन धर्म संरक्षण संस्थाले महिलाहरुको महान चाड तिजको अवसरमा कार्यक्रम गर्ने भएको छ ।

तिजको अवसरमा लोकदोहोरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका उपाध्यक्ष रामचन्द्र सुवेदीले बताउनुभयो । साथै तिजको अवसरमा स्यार्सेकालिका भजन टोली, खैचडी भजन टोलीको समेत प्रस्तुति रहने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here