मनहरी–साउन २८ गते । नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मनहरी गाउँ कमिटीको विस्तारित बैठक बसेको छ ।

बैठकले संगठनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । शनिबार भएको विस्तारित बैठकले आगामी निर्वाचनलाई नेकपा (माओवादी केन्द्र) लाई जीत हाँसिल गर्न संगठन निर्माणलाई अघि बढाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकमा वडा कमिटीहरुको भेला तथा बैठक राख्न समेत निर्देशन गरेको छ । साथै मनहरी गाउँपालिका भित्र रहेको वन, बगर र त्यसबाट उठ्ने राजस्वको सन्दर्भमा समेत विशेष चासो राख्ने निर्णय गरेको छ ।

गाउँपालिका भित्र उत्पन्न हुने बिकृति विसंगतिहरुलाई न्यूनीकरणकालागि वाइसिएललाई सकृय बनाउने समेत निर्णय भएको योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मनहरी गाउँ कमिटीका अध्यक्ष कृष्ण रुम्बा झाँक्रीले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र वागतमती प्रदेश कमिटी सदस्य विर बहादुर गलान (ज्वाला) को प्रमुख आतिथ्यता रहेको बैठकमा पार्टीका मनहरी गाउँ कमिटीका इन्चार्ज राजकुमार पाख्रिनको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र) मनहरी गाउँ कमिटीका अध्यक्ष राम प्रसादा कालाखेती, दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here