मनहरी–साउन २८ गते । मनहरीमा शनिबार ४१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवन दान भन्ने भावनाका साथ आयोजित रक्तदान कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले सुरुमा रक्तदान गरी रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो ।

साथै मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीले पनि रक्तदान गर्नुभएको थियो ।

फरिस्ता युवा क्लब मनहरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखा हेटाँैँडाको प्राविधिक सहयोगमा भएको हो ।

रक्तदान आमाघर सेवा आश्रममा भएको थियो । रक्तदान कार्यक्रममा ४ जना महिला र ३७ जना पुरुष गरी ४१ जनाले रक्तदान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here