मनहरी–साउन २७ गते । मनहरी गाउँपालिकमा पनि लाखे नाच नाचेर गाइजात्रा पर्व मनाएको छ । नेवारी समुदायले प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइ लाखे नाच नाचेर मनाउने गरिन्छ ।

मृत पितृको सम्झनामा अन्न र द्रव्य दान गरि यो पर्व मनाइन्छ । नेवार समुदायले मनाउने यो पर्वमा पछिल्लो समय लाखे नाचको महत्व तथा विशेषताको युवा पुस्तामा चासो भने घट्दै गएको स्थानीय सन्तोष गोपालीले बताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर ९ गोपाली टोलबाट सुरु भएको नाच मनहरी खोलमा पुगेर विसर्जन गरिएको थियो । संस्कृति समुदायको पहिचान भएको भन्दै यसको जगेर्नाको लागि पछिल्लो पुस्ता यसमा लाग्नुपर्ने बताउनुभयो ।

तीस घर आवद्ध भई निर्माण भएको गुठिले आफ्नो समुदायको संस्कृति जगेर्नाको लागि अघि बढेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँधेर जनै पुर्णिमिा अर्थात रक्षा बन्धन मनाएका छन् ।

त्यस्तै यस दिनमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता अनुसार विशेष गरी तराई समुदायमा मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here