हेटौँडा–साउन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय निर्वाचनको समिक्षा गरेको छ ।

शुक्रबार हेटौमा भएको बैठकमा दोस्रो स्थानीय तह निर्वाचनको समिक्षा गरेको हो । त्यस्तै निर्वाचनको कारणले पार्टीभित्र जन्माएको अन्तरविरोधहरुको विषयमा समेत समिक्षा गरिएको थियो ।

त्यस्तै बैठकमा पार्टीलाई आगामी दिनमा सबल पार्टीको निर्माणको लागि आगामी कार्ययोजना र कार्यदिशाको बारेमा समेत छलफल गरिएको थियो ।

शुक्रबार बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा यस्तै कार्यक्रम गर्न समेत निर्देशन दिएको छ ।

शुक्रबार भएको बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्यहरु आशा नेपाली, प्रमिला पुलामी (लामा), प्रल्हाद लामिछाने, बिजय गौतम, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) लगायतको उपस्थिति रहेको थियो ।

बैठक पार्टी नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलान (मधु) को अध्यक्षतामा बसेको बैठकमा पार्टीको राजनीतिक ब्युरो सदस्य एबंम जिल्ला ईन्जार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here