मनहरी– साउन २४ गते । इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरी कार्यालय मनहरीले मंगलबार सवारी चालकहरुको स्वास्थ्य जाँच गरेको छ ।

सवारी दुर्घटना न्युनिकरणको लागि सवारी चालकहरु नै प्रमुख हुने भएको सवारी चालकहरुको स्वास्थ्य महत्वपुर्ण रहेकोले चालकहरुको स्वास्थ्य जाँच गरिएको प्रहरी बरिष्ठ नायव निरिक्षक हरी बहादुर क्षेत्रीले बताउनुभयो ।

महेन्द्र राजमार्ग भएर सवारी चालाउने चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । स्वास्थ्य जाँचमा १०० जनाको परीक्षण गरिएको छ ।

परीक्षणमा २० जनामा उच्च रक्तचाँपका समस्याहरु भेटिएको र उनिहरुललाई आफ्नो स्वास्थ्य अवस्थाको विषयमा सदैब जानकार रहन सुझाव समेत दिएको छ ।

मनहरी अस्पतालका कर्मचारीहरुको सहयोगमा स्वास्थ्य जाँच सम्पन्न भएको हो । स्वास्थ्य जाँच गराए पश्चात सवारी चालकहरुले ट्राफिक प्रहरी कार्यालय र स्वास्थ्यकर्मीको टिमलाई आफ्नो स्वास्थ्य अवस्थालाई ख्यालमा राखी गरिएको यस्तो कार्यक्रमले खुशी लागेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here