मनहरी–साउन २२ गते । मनहरी गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलब तथा भत्ता विद्युतिय माध्यमबाट मात्रै भुक्तानी गर्ने भएको छ ।

गाउँपालिकाले एक सुचना जारी गर्दै इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत मात्रै भुक्तानी हुने भएको जानकारी गराएको हो ।

गाउँपालिकाले कर्मचारीहरुलाई तलब निकाशाका लागि आफ्नो बैंकको खाता नम्बर गाउँपालिकामा उपलब्ध गराउन भनेको हो ।

आइतबार प्रकाशित सुचना अनुसार सात दिनभित्र स्थायी कर्मचारीहरुले आफ्नो बंैकको खाता नम्बर, पान नम्बर, बढुवा भएको भए बढुवा भएको प्रतिलिपी, समायोजन भएका भए समायोजनको प्रतिलिपी, सिटरोल नम्बरको प्रतिलिपी, नागरिक लगानी कोषको प्रतिलिपी, बिमा कोषको प्रतिलिपी, कर्मचारी सञ्चय कोषको प्रतिलिपी र सम्पर्क नम्बर र इमेल आइडी उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

यदि खाता नम्बर उपलब्ध नगराएको खण्डमा कर्मचारीले प्राप्त गर्ने तलब तथा भत्ता निकाशा गर्न नसकिने गाउँपालिकाले जनाएको छ ।

साथै करार कर्मचारीको खाता नम्बर छुट भएको हकमा भने पान नम्बर, नियुक्ती पत्रको प्रतिलिपी, सम्पर्क नम्बर र इमेल आइडी समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here