मनहरी–साउन १३ गते । इलाका प्रहरी कार्यालय मनहरीको प्रमुखमा कृष्ण प्रसाद ढकाल आउनु भएको छ । प्रहरी निरीक्षक प्रकाश थापाको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा सरुवा भएसँगै उहाँको ठाउँमा ढकालको आगमन भएको हो ।

प्रहरी हेडक्वार्टरबाट ढकाल इलाका प्रहरी कार्यालय मनहरीमा काजमा आउनु भएको हो । थापाले मनहरीमा प्रहरी प्रमुखको रुपमा १३ महिना काम गर्नु भएको थियो । सरुवा भएर जाने क्रममा उहाँले यस क्षेत्रको तीनवटा चुनौतिलाई इंगित गर्नु भएको छ ।

स्थानीय मिडियाकर्मीहरुसँगको सम्बादमा उहाँले लागूऔषध, सबारी दुर्घटना र अब्यवस्थित नदीजन्य बस्तुको उत्खनन् तथा ओसार पसार नै प्रमुख समस्या रहेको बताउनुभयो ।

‘मनहरीको बसाईले जीवनमा धेरै कुरा सिकाएको छ’, थापाले भन्नुभयो–‘राष्ट्र सेवाका क्रममा कुनै न कुनै रुपमा मनहरीका जनतासँग मेरो सामिप्यता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here