मनहरी–साउन १० गते । दुर्घटनामा परी ज्यान गुमाउनु भएका मनहरी बजारका भाँडा पसलका सञ्चालक राजु रौनियारको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरिएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बीमा बापतको रकम बराबरको ५ लाख रुपियाँको चेक मृतक व्यवसायी साहका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।

बैशाख २८ गते घरको छतबाट लडेर निधन हुनु भएका राजु रौनियारका छोराहरु भगवान र आनन्दलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले व्यवसायिक हीतका लागि बीमा अनिबार्य भएको मनहरीको घटनाले पुष्टि गरेको बताउनुभयो । उहाँले अन्य व्यवसायीहरुलाई पनि समयमै संघको सदस्यता नवीकरण, व्यवसायिक र दुर्घटना बीमा लगायतका कार्यहरुमा ध्यान दिन आग्रह गर्नु भएको हो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालसहित संघका कार्य समितिका सदस्यहरुको सहभागिता रहेको थियो । चेक हस्तान्तरण समारोहमा बरिष्ठ उपाध्यक्ष अग्रवालले बीमाको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गणेशमान मानन्धरले समापन गर्नु भएको हो । कार्यक्रममा उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिमा आबद्ध रहेका मनहरीका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here