मनहरी–साउन ०६ गते । सिविन नेपाल बालहेल्प लाईन १०९८ ले मनहरी गाउँपालिका वडा नम्बर ८ अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मनहरी गाउपालिका वडा नम्बर ८ मा बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत वडाका भिबिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

महेन्द्र किरण माबिका २१ जना, प्राथमिक बिद्यालय देवकोटको २ जना र राष्ट्रिय रोटरी माबि मनहरीका २ जना गरी २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री प्राथमिक बिद्यालय देवकोट र महेन्द्र किरण माबीका विद्यार्थीहरुलार्ई महेन्द्र किरण माबिमा बितरण गरिएको थियो ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य रामचन्द्र सुवेदी, सिविन नेपाल सामाजिक परिचालक राजेन्द्र मोक्तान बिद्यालय प्रतिनिधि र अभिभावकहरुको रहोबरमा बितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here