राक्सिराङ –असार २८ गते । राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ६२ करोड ३४ लाख १५ हजारको बजेट विनियोजन गरेको छ ।

मंगलबार भएको ११ औँ गाउँसभाको दोस्रो बैठकमा गाउँपालका उपाध्यक्ष बनस्तम थिङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

पुजीगत तर्फ २६ करोड ५९ लाख ७ हजार पाँचसय र चालुतर्फ ३५ करोड ७५ लाख ७ हजार पाँचसय गरी कुल ६२ करोड ३४ लाख १५ हजारको बजेट विनियोज गरेको हो ।

स्थानीय गौरबका आयोजनातर्फ गाउँपालिकाले ४ करोड ९० लाख रुपैँया विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास तर्फ १ करोड ९० लाख, कृषि तर्फ ५५ लाख, उद्योग रोजगारी प्रवद्र्धन तथा गरिबी निवारण तर्फ २४ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले संस्कति पर्यटन तर्फ ८० लाख रुपँैया बजेट विनियोज गरेको छ । प्रस्तुत बजेत सर्वसम्मतरुपमा पारित समेत भएको छ ।

गाउँसभामा विनियोजन विधेयक २०७९, न्यायिक समितिको सदस्य मनोनयन, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here