मनहरी–असार २५ गते । श्री राष्ट्रिय सरस्वती प्राथमिक विद्यालय मनहरी ६ बालभञ्ज्याङले पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

वि.सं २०५३ सालमा थाकलको छानोको छाप्रो बाट शुरु गरेको विद्यालय बाबुलाल घलान को अध्यक्षतामा स्थापना भएको थियो । उक्त समयमा दिनको १९ रुपैयाँका दरले शिक्षक राखेर सञ्चालन गरेको विद्यालय हाल कक्षा तीन सम्म पढाइ हुने गरेको छ ।

शनिबार एक कार्यक्रमका विच पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु तथा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई छात्रवृति समेत वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत २६ जना छात्राहरुलाई जनही चार सयका दरले वितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय समाजसेवी शिव लाल विकले बिधालयमा अध्ययन गर्न गएका आफ्ना बालबालिका पुग्यो कि पुगेन भनेर महिनामा कम्तिमा १ पटक भएपनी आएर बुझ्ने बानी बसाल्न आग्रह गर्नुभयो ।

साथै उहाँले बिधालयमा पढाइ राम्रो बनाएर यहि बस्ने वातावरण बनाउन शिक्षकहरुबाट पनि सदैब सहयोग मिलोस भन्ने आशा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलियाले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्य मा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभयो ।

साथै उहाँले ३ वटा बिधालय मर्ज गरेर आधारभुत बिधालय बनाएर सुबिधा सम्पन्न भवनमा पठनपाठन गराउने योजना रहेको समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थपलियाले विद्यार्थीको शिक्षा राम्रो बनाउन अभिभावक को महत्वपूर्ण योगदान रहने हुँदा अभिभावक सदैव आफ्नो बालबालिकाको शिक्षामा विशेष चनाखो हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here